८ वैशाख २०८१ शनिबार
खेल

क्यानको बन्द प्रशिक्षणमा नपरेपछि सन्दिपको प्रतिकृयाः ‘उज्यालो अघि सधैँ अँध्यारो हुन्छ’

नेपाल क्रिकेट संघ (क्यान) ले घरेलु मैदानमा आयोजना हुने आईसीसी त्रिदेशीय एकदिवसीय श्रृंखलाका लागि बन्द प्रशिक्षणमा बोलाएका खेलाडीको सूचीमा नपरेपछि सन्दीप लामिछानेले ‘प्रत्येक क्षणका लागि आभारि छु। उज्यालो अघि सधैँ अँध्यारो हुन्छ’ भन्दै स्टाटस लेखेका छन्।  

उनले आफ्नो आधिकारीक फेसबुक पेजमार्फत  ‘प्रत्येक क्षणका लागि आभारी छु । उज्यालो अघि सधैँ अँध्यारो हुन्छ’ भन्दै स्टाटस लेखेका हुन्।  

लामिछानेविरुद्ध बलात्कारको उजुरी परेपछि २० असोजमा प्रहरीले पक्राउ गरेको थियो। जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो। तर त्यसविरुद्ध लामिछानेले गरेको पुनरावेदनमा उच्च अदालत, पाटनले २० लाख धरौटीमा सर्शत रिहा गर्न आदेश दियो। त्यसअनुसार उनी २९ पुसमा थुनामुक्त भएका छन्।

उनी थुनामुक्त भएपछि क्रिकेट संघका पदाधिकारीहरुले खेलमा फर्काउने विषयमा छलफल गरेका थिए। बिहीबार मात्र क्रिकेट संघका पदाधिकारीहरुले लामिछानेको निलम्बन फुकावा गरेर खेलमा फर्काउने विषयमा परामर्श भइरहेको बताएका थिए। तर शुक्रबार घोषित प्रारम्भिक टोलीमा उनी अटाएनन्। बन्द प्रशिक्षणमा समावेश नभएपछि उनले फेसबुकमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।

नेपालले फागुन २ देखि ९ गतेसम्म त्रिवि क्रिकेट मैदानमा नामिबिया र स्कटल्यान्डसँग आईसीसी लिग-२ अन्तर्गत चार खेलको एकदीवसीय श्रृंखला खेल्ने तालिका रहेको छ।

पहिलो चरणको प्रशिक्षणका लागि शुक्रवार क्यानले सार्वजनिक गरेको २८ खेलाडीमा केही पुराना खेलाडीले पुनरागमन गरेका छन् भने केही नयाँ अनुहार समेटिएका छन्।

प्रकाशित: १३ माघ २०७९ १४:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App