६ चैत्र २०८० मंगलबार
खेल

हिसान स्पोर्ट्स मिट: क्रिकेटको सेमिफाइनलमा अर्किड र कान्तिपुर

११ औं हिसान स्पोर्ट्स मिटको क्रिकेटमा अर्किड  र कान्तिपुर, फुटबलमा रेडस्टार, मडर्न एरा र शिक्षादीप तथा भलिबलमा कान्तिपुर, अर्किड र कोसी विजयी भएका छन्।  

विराटनगरमा भइरहेको प्रतियोगितअन्तर्गत क्रिकेटको पहिलो खेलमा अर्किड कलेजले सगरमाथा कलेजलाई २ विकेटले हराउँदै सेमिफाइनल यात्रा तय गरेको छ। टस जिती ब्याटिङ थालेको सगरमाथाले निर्धारित १३ ओभरको खेलमा १० ओभर १ बल खेल्दै सबै विकेटको क्षतिमा ४४ रन बनायो। जसमा शिशिर यादवले १० रन बनाए। अर्किडका म्यान अफ द म्याच रविन बस्नेतले ५ विकेट र युवराज मगरले ३ विकेट लिए।

४४ रनको लक्ष्य पछ्याएको अर्किडले १२ ओभरमा ८ विकेटको क्षतिमा लक्ष्य पार ग¥यो। अर्किडले २६ रन अतिरिक्त रन पायो भने कुनै पनि खेलाडीले दोहोरो अंकलाई छुन सकेनन्। सगरमाथाका उत्सव कार्कीले ४ विकेट लिए।

दोस्रो खेलमा कान्तिपुर कलेजले विकेभिएम कलेजलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। टस जितेर ब्याटिङ गरेको विकेभिएमले निर्धारित २० ओभरको खेलमा १४ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ५१ रनको सामान्य योगफल खडा ग¥यो। जसमा विक्रम मेहता १९ रन बनाए। कान्तिपुरका म्यान अफ द म्याच अभिषेक मण्डलले ५ र बब्लु गोठियाले ३ विकेट लिए।

५१ रनको लक्ष्य पछ्याएको कान्तिपुरले ९ ओभर २ बल खेल्दै २ विकेटको क्षतिमा लक्ष्य पार ग¥यो। जसमा कृष्ण गुप्ताले २० र भोला सेठले १३ रन बनाए। विकेभिएमका अंकित यादव र राज कामतले १–१ विकेट लिए।

त्यसैगरी, फुटबलको पहिलो खेलमा पथरीको रेडस्टार कलेजले बेलबारीको शिक्षा सन्देश कलेजलाई टाइब्रेकरमा ४–२ को गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको छ। निर्धारित समयमा दुवै टोली गोलरहित बराबरी खेलपछि खेल टाइब्रेकरमा गएको हो। खेलको म्यान अफ द म्याच रेडस्टारका गोलरक्षक समिर विष्ट भए।  

दोस्रो खेलमा मेडर्न एरा कलेजले सेन्टजोसेफ कलेजलाई २–० को गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ। खेलको दुवै गोल मोडर्न एका नवीनकुमार चौधरीले गरे। उनी खेलको म्यान अफ द म्याच भए।

तेस्रो खेलमा विराटनगरको शिक्षादीप कलेजले ग्रामथानको जनक मेमोरियल कलेजलाई टाइब्रेकरमा ३–० को गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको छ। दुवै टोली गोलरहित बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो। खेलको म्यान अफ द म्याच शिक्षादीपका गोलरक्षक मस्कर शेख भए।  

त्यस्तै, भलिबल छात्रतर्फको पहिलो खेल कान्तिपुर कलेजले अरनिको कलेजलाई २–१ को सेटले पराजित ग¥यो। दोस्रो खेलमा अर्किड कलेजले रेडस्टार कलेजलाई सोझो सेटमा पराजित ग¥यो। छात्रातर्फको कोसी क्याम्पसले कान्तिपुर कलेजलाई २–१ को सेटले पराजित गरेको छ।  

प्रकाशित: १३ माघ २०७९ १३:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App