कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा यही माघ २१ गतेदेखि विद्यालयस्तरीय यु–१९ टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ। ‘लिटल फ्लावर प्रिमियर लिग (एलपीएल–७) सातौँ संस्करणको उक्त प्रतियोगितामा १० विद्यालयको सहभागिता रहने छ।
सहभागी विद्यालयलाई दुई समूहमा विभाजन गरिएको छ। प्रत्येक टोलीले लिग चरणमा चार–चार खेल खेल्ने छन्। समूह विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन्। उद्घाटन खेल लोटस आइ अत्तरिया र सत्यवती एकेडेमी अत्तरियाबीच हुनेछ। आगामी फागुन ६ गते फाइन खेल हुने आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए। प्रतियोगिताको विजेताले दुई लाख ५१ हजार १ सय ११ र उपविजेताले १ लाख २५ हजार ५सय २५ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २० हजार तथा उत्कृष्ट बलर र ब्याटरले १०/१० हजार पुरस्कार प्राप्त गर्नेछन्। उदीयमान खेलाडीलाई ५ हजार र प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’ लाई रु २ हजार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रकाशित: ११ माघ २०७९ ०४:३२ बुधबार