७ वैशाख २०८१ शुक्रबार
खेल

महवुव आलमले खेलाडीमार्फत गराउन खोजेका थिए स्पट फिक्सिङ

पूर्व राष्ट्रिय क्रिकेट खेलाडी समेत रहेका महवुव आलमले कम्तीमा दुई जना नेपाली खेलाडीलाई आर्थिक प्रलोभन देखाई स्पट  फिक्सिङको प्रयास गरेको पाइएको प्रहरीले बताएको छ।

स्पट फिक्सिङको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले आलमलाई सोमबार बिराटनगरबाट पक्राउ गरेको छ।

प्रहरीका अनुसार उनले एउटा नो बल र एउटा वाईड बल फाल्नको लागि एप्रोच आएको, उनले खेलेका कम्तीमा दुई वटा खेलमा सोही प्रकृतिको खेल खेलेको देखिएको छ।

अर्का नेपाली खेलाडीलाई नेपाली व्यक्तिले नै एप्रोच गरेको पाइएको प्रहरीले बताएको छ। साथै एक विदेशी खेलाडीलाई खेलको व्यवस्थापन टिमका सदस्यबाट एप्रोच आएको प्रहरी अनुसनधानले खुलाएको छ। 

प्रकाशित: १० माघ २०७९ ०९:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App