१५ चैत्र २०८० बिहीबार
खेल

फागुन ५ देखि दौश्रो भक्तपुर कप खुला फुटबल

फागुन ५ गतेदेखि १३ गतेसम्म भक्तपुरमा दौश्रो भक्तपुर कप खुला फुटबल प्रतियोगिता हुने भएको छ। भक्तपुर युवा टीम गोल्मढी भक्तपुरको आयोजनामा प्रतियोगिता हुन लागेको हो। आयोजक टीमले पत्रकार सम्मेलन गरी दोस्रो संस्करण आयोजना हुने जानकारी गराएको हो।  

प्रतियोगिताका खेल महेश्वरी खेल मैदान भक्तपुरमा सञ्चालन गरिने बताइएको छ। प्रतियोगिताको विजेताले  १ लाख २५ हजार र उपविजेताले ६० हजार रुपैयाँ प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो।  

प्रत्येक म्याचमा म्याद अफ दी म्याचबराबर रु दुई हजार नगदसहित टफी प्रदान गरिने जनाइयो। साथै प्रत्येक म्याचमा राइजिंग प्लेयर बराबर एक हजार नगद वितरण गरिने जनाइयो।  

भक्तपुर युवा टिमका अध्यक्ष केशव त्वानाबासुले भक्तपुरमा फुटबलमय वातावरण सिर्जना गर्ने उद्धेश्य अनुरुप दोस्रो संस्करणको प्रतियोगिता गर्ने निष्कर्शमा आयोजक टिम पुगेको बताए। उनले प्रतियोगितालाई सफल बनाउन गतवर्ष जस्तै सबै क्षेत्रबाट सहयोगको अपेक्षा रहेको उल्लेख गरे।

सम्मेलनमा भक्तपुर खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा, आयोजक टिमका संस्थापक एवं सल्लाहकार विश्वराम कवां, सचिव रामेश्वर मचामसीलगायतले प्रतियोगिताका विविध पक्षमा चर्चा गरे।  

भक्तपुरको खेलकुद र सामाजिक कार्यलाई प्रभावकारी बनाउन मित्रता अनुशाशन र स्वास्थको लागि खेलकुद भन्ने नाराका साथ भक्तपुर युवा टिम २०५० सालमा गठन भएको थियो। टिमले गतवर्ष २०७८ फागुन ६ देखि १४ सम्म खुल्ला भक्तपुर कप फुटबल प्रतियोगिताको आयोजना गरेको थियो।  

प्रकाशित: १० माघ २०७९ ०८:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App