coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

तेस्रो टाईगर कप भलिबल: विभागीय डर्बीमा पुलिसमाथि सशस्त्रको जित

सशस्त्र प्रहरी बलका खेलाडीको स्पाईक रोक्ने प्रयास गर्दै नेपाल पुलिस क्लबका खेलाडीहरु। तस्बिर उमेश पुन/नागरिक।

पहिलो दिन सशस्त्र प्रहरी बलसँग पराजित हुदैं घाइते बनेको त्रिभुवन आर्मी क्लबले तेस्रो टाईगर कप भलिबल च्याम्पियनसिपको दोस्रो दिन पाहुना टोलीमाथि सोझो सेटको जित निकाल्दै पुरुष भलिबलमा आफ्नो साखलाई कायमै राखेको छ।

टाईगर ग्रुपको आयोजनामा पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा सञ्चालित प्रतियोगिताको दोस्रो दिन सोमबार पाहुना टोली एसटिआई श्रीलंकाको टोलीलाई ३–० को सोझो सेटमा पराजित गर्दै लिग तालिकामा तीन अंक जोडेको छ।

पहिलो सेट प्रतिस्पर्धात्मक बन्ने देखिएपनि श्रीलंकाली टोलीको प्रदर्शन लोभलाग्दो देखिएन्। नयाँ कोर्टमा विभागीय क्लबसँग उत्रिएको पाहुना टोली पहिलो सेटमा २५–२० को अन्तरमा पराजित हुन पुग्यो। दोस्रो सेटमा अझै खस्कदो प्रदर्शन गर्‍यो। दोस्रो सेट २५–१७ ले गुमाएको श्रीलंकाली टोली तेस्रो सेटमा अझै कमजोर देखियो। आर्मीको स्पाईकलाई पाहुना टोलीका लिबेरोको डिफेन्स निकै कमजोर रह्यो। तेस्रो सेट २५–१० मा गुमाएपछि पाहुना टोलीको प्रदर्शनले दर्शक उत्साहित बनाउन असमर्थ रह्यो।

पुरुष तर्फको दोस्रो खेलमा सशस्त्र प्रहरी बलले नेपाल पुलिस क्लबमाथि ३–१ को सेटले जित निकाल्दै लिगको शीर्षस्थानमा रहेको छ। अघिल्लो दिन नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको सशस्त्रले सोमबार अर्को विभागीय क्लब नेपाल पुलिस क्लबमाथि जित निकाल्दै शीर्षस्थानमा यथावत् रह्यो।

२५–१९ ले पहिलो सेट लिएको सशस्त्रले दोस्रो सेट पनि पुलिसलाई सुम्पिन पुग्यो। २१–२५ को स्थितिमा गुमाएको सशस्त्रले तेस्रो सेट २५–१९ मै लिए। चौथो सेट पनि पुलिसलाई २५–१८ मै हराउँदै तेस्रो टाईगर कप भलिबल च्याम्पियनसिपमा उपाधि दावेदारीलाई बलियो बनाई राखेको छ।

महिला तर्फको प्रतिस्पर्धामा गण्डकी प्रदेश भने सशस्त्र प्रहरी बलसँग सोझो सेटमा पराजित भएको छ। २५–११, २५–१९ र २५–१६ मा गण्डकी प्रदेशलाई पराजित गर्दै सशस्त्रले जित निकाल्यो। टाईगर ग्रुपको आयोजनामा सञ्चालित प्रतियोगिता आगामी माघ १४ गतेसम्म सञ्चालन हुने छ। विजेता महिला तथा पुरुष टोलीले नगद ५/५ लाख रुपैयाँ राशि प्राप्त गर्ने छन्।

प्रकाशित: ९ माघ २०७९ ११:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App