१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

माघ १४ गते ताप्लेजुङ रन प्रतियोगिता हुने

ताप्लेजुङ सदरमुकाम फुङलिङमा माघ १४ गते ताप्लेजुङ रन प्रतियोगिता हुने भएको छ।

ताप्लेजुङ रनले दौड गर्न सुरु गरेको एक सय हप्ता पुगेको अवसरमा सो दौड प्रतियोगिता गर्न लागिएको ताप्लेजुङ रनका अध्यक्ष दिनेश खवासले जानकारी दिए। ‘स्वस्थ्य शरिर सुन्दर मन,स्वास्थ्य नै सबैभन्दा ठूलो धन,रन रन ताप्लेजुङ रन,लागु औषध दुव्र्यसनविरुद्ध हाम्रो अभियान’भन्ने नारासहित तीन विधामा रन प्रतियोगिताका सञ्चालन हुुन लागेको खवासले जानकारी दिए।

खवासका अनुसार प्रतियोगितामा ७ वर्ष देखि ११ वर्ष उमेर समूहका लागि साढे तीन किलोमिटर,१२ वर्ष देखि १६ वर्ष उमेर समूहका लागि ५ किलोमिटर दौड र १७ वर्ष भन्दा माथिका सबैका लागि १० किलोमिटर खुल्ला दौड गरी तीन उमेर समूहमा विभाजन गरेर प्रतियोगिता आयोजना गरिएको छ। प्रतियोगितामा महिला र पुरुष दुबैतर्फ समान पुरस्कार राखिएको समेत उनले जानकारी दिए।

७ वर्ष देखि ११ वर्ष उमेर समूहतर्फ प्रथम हुनेले ५ हजार, द्धितीय हुनेले ३ हजार र तृतीय हुनेले पन्ध्रसय रुपैयाँ सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। त्यस्तै १२ वर्ष देखि १६ वर्ष उमेर समूहतर्फ प्रथम हुनेले ७ हजार, द्धितीय हुनेले ४ हजार र तृतीयले २ हजार रुपैयाँ सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने ताप्लेजुङ रनले जनाएको छ।

१७ वर्ष भन्दा माथिको खुल्ला दौडमा प्रथम हुनेले १० हजार, द्धितीय हुनेले ५ हजार र तृतीय हुनेले ३ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने खवासले जानकारी दिए। ताप्लेजुङ रनले हरेक हप्ताको शनिवार बिहान स्र्फुत रुपमा दौडन पाउनेगरी रन सञ्चालन गर्छ। भूपु गोर्खा सैनिक ताप्लेजुङको फुङलिङका दीपेन गुरुङले ताप्लेजुङ रनको परिकल्पना गरेका हुन्।  

प्रकाशित: ८ माघ २०७९ १०:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App