३१ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

च्याम्पियन बनेर फर्किएका खेलाडीलाई व्याडमिन्टन संघको सम्मान

कास्की जिल्ला व्याडमिन्टन संघले केहीदिन अघिमात्रै सम्पन्न यलम्बर कप राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा उमेर समूहमा च्याम्पियन बनेर फर्किएका कास्कीका खेलाडीलाई शनिबार सम्मान गरेको छ। त्यस्तै प्रथम राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा आफनो पुरस्कार राशी संघलाई सहयोग गरेका भेट्रान खेलाडी नरबहादुर गुरुङ र विशाल हिराचनलाई समेत सम्मान गरिएको थियो।  

यलम्बर राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा ४५ वर्षमाथिको उमेर समूहमा डबल्स इभेण्टमा प्रथम भएका राजेश गुरुङ र शम्भु श्रेष्ठलाई सम्मान गरिएको हो। त्यस्तै एपिआई स्पोर्टस जुनियर व्याडमिन्टन च्याम्पियनमा यु–१५ दिलाशा राना र यु–११ मा निभा राई च्याम्पियन भएका थिए। उनीहरुलाई पनि संघले शनिबार एकैसाथ सम्मान गरेको होसंघका अध्यक्ष शुशिलकुमार श्रेष्ठले खादा लगाई मायाको चिनो प्रदान गरेका थिए।  

पोखरामा आयोजित प्रथम राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा यु–१७ की दिलाशा राना नवौं स्थानमा रहिन। वर्षेनी नेपाल व्याडमिन्टन संघले सार्वजनिक गर्ने बरियतामा राना नेपालको यु–१७ को नवौं स्थानमा रहेकी हुन्। त्यस्तै आयुष्मा नेपाल पनि नवौं स्थानमा रहेकी छन्। यु–१७ छात्रा तर्फ सनिष भण्डारी नेपालको बरियतामा १४ औं स्थानमा आईपुगेका छन्। मिक्स डबल्स तर्फको बरियतामा भने कास्कीका विशाल खड्का र यामकुमारी गुरुङ चौथो बरियतामा रहेको समेत कास्की जिल्ला व्याडमिन्टन संघले जनाएको छ।  

संघले पहिलो पटक विभिन्न उमेर समूहको राष्ट्रियस्तरको व्याडमिन्टन प्रतियोगिता आयोजना गरेको थियो। आयोजनासँगै नेपाल व्याडमिन्टन संघले प्रतियोगितामा विजेताकै आधारमा बरियता प्रदान गरेको कास्की जिल्ला व्याडमिन्टन संघका अध्यक्ष श्रेष्ठले जानकारी दिए। संघले चारवटा कोर्टसहितको व्याडमिन्टन हल निर्माण भएपछि पहिलो पटक राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरेको थियो। त्यसअघि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र १३ औं दक्षिणएशियाली खेलकुद प्रतियोगिता अन्तर्गत व्याडमिन्टन प्रतियोगिता आयोजनाा गरिएको थियो। संघले अहिले प्र्रशिक्षक नै व्यवस्था गरेर व्याडमिन्टन प्रशिक्षण शुरु गरेको छ। विद्यार्थीको समयानुकुल विहान र साँझ प्रशिक्षण गराउँदै आएको छ।  

प्रकाशित: ७ माघ २०७९ ०९:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App