प्रदेश १ प्रधानमन्त्री कप महिला राष्ट्रिय टीट्वान्टी क्रिकेटको फाइनलमा पुगेको छ।
इटहरीमा जारी यो प्रतियोगितामा आज प्रदेश नम्बर१ ले एपीएफ क्लबलाई ८ विकेटले हराउँदै फाईनलमा पुगेको हो।
एपीएफले दिएको ४६ रनको लक्ष्य प्रदेश १ ले ९ ओभरमा २ विकेट गुमाएर पुरा गरेको हो। प्रदेश१ का लागि कप्तान रुबिना क्षेत्रीले आउट नभई २० रन बनाइन।अप्सरी बेगम र काजल श्रेष्ठले ९ रन बनाए। एपीएफका नेरी थापाले १ विकेट लिईन्।
अब प्रदेश १ ले उपाधिका लागि सुदुरपश्चिम प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल भोलि शनिबार हुनेछ।प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेता टोलीले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३० हजार, उत्कृष्ट ब्याटर र बलरले समान २० हजार पाउनेछन्।
प्रकाशित: ६ माघ २०७९ ०९:५३ शुक्रबार





