१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

नेपाली खेलाडी पुष्पालाई बंगलादेशमा स्वर्ण

नेपालकी महिला खेलाडी पुष्पा भण्डारीले बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा स्वर्ण पदक जितेकी छिन्।

ढाकामा आज  भएको म्याराथन अन्तर्गत साफ एलिटको महिलातर्फ पुष्पाले स्वर्ण पदक जितेकी हुन्।उनले निर्धारीत दुरी २ घन्टा ४८ मिनेट २ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन्।

त्यसैगरी  श्रीलंकाकी सुजनी परेराले रजत पदक जितेकी छिन। परेरा पुष्पा भन्दा २० सेकेन्डले पछि रहिन्। नेपालकी वृन्दा श्रेष्ठ धानुकेले कास्य पदक जित्न सफल भईन।

यस्तै पुरुष हाफ म्याराथनमा गोपीचन्द्र पार्कीले १ घण्टा ६ मिनेट ४४ सेकेन्डको समय निकाल्दै कास्य पदक जित्न सफल भए।  महिला हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ १ घण्टा १५ मिनेट १७ सेकेन्डसाथ चौथो भइन्।  

प्रकाशित: ६ माघ २०७९ ०७:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App