३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
खेल

बक्सिङ टोली थाइल्यान्ड जाँदै

 एएसबिसी यु–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गर्दै छ।

जनवरी १६ देखि २७ तारिखसम्म हुने प्रतियोगितामा समान ३ पुरुष/महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। पुरुष ४६–४८ केजीमा लालप्रसाद उप्रेती, ५४–५७ केजीमा इन्द्रबहादुर सुनार र ८०–८६ केजीमा विजय बाटाले प्रतिस्पर्धा गर्नेछन्। महिला ४५–४८ केजीमा सुष्मा तामाङ, ५४–५७ केजीमा हेमा राई र ७०–७५ केजीमा त्रिशा जवेगुले खेल्नेछन्। सुष्माको चौथो तथा इन्द्रको तेस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो। बाँकी ४ ले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न लागेका हुन्।

प्रशिक्षकमा दीपक महर्जन र सन्दीप श्रेष्ठ तथा व्यवस्थापकमा नेपाल बक्सिङ संघका सदस्य ओमनारायण श्रेष्ठ छन्। प्रतियोगिता दौरान हुने इन्टरनेसनल टेक्निकल अफिसर कोर्समा सहभागी हुन पुष्करराज पन्त तथा आइबा २ स्टार रेफ्री जज कोर्सका लागि रामचन्द्र थापामगर र धनकुमार मैनाली पनि टोलीसंगै थाइल्यान्ड जानेछन्।

प्रतियोगितामा करिब ३० राष्ट्रको सहभागिता रहने संघका सदस्य एवं प्रवक्ता श्यामकाजी अवालेले जनाएका छन्।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे।

सो अवसरमा सदस्यसचिव घिसिङले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘उत्कृष्ट खेलाडीलाई एक्पोजर दिन विशेष जोड दिनुहोस्। सिकेर मात्र हुँदैन। खेलाडीलाई खेल्ने वातावरण पनि चाहिन्छ। महŒवपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीलाई सहभागी गराउनुस्।’

प्रकाशित: २ माघ २०७९ ०३:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App