१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

अमेरिकाको भुट्निज युथ फाइनलमा

भुट्निजका दुई खेलाडीसँग बल खोस्दै जावलाखेलका सुनिल खड्का।

प्रविण बस्नेतको निर्णायक गोलमा अमेरिकाको भुट्निज युथ स्पोर्टस् क्लव मकवानपुरको फापरबारीमा जारी पाँचौ राष्ट्रिय बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।  शनिबार भएको पहिलो सेमिफाइनलमा भुट्निजले बाागमती गोल्डकपको तेस्रो संस्करणको विजेता जावलाखेल युथ क्लवलाई १–० गोलले हराएको हो।

 खेलको ३४ औं मिनेटमा बस्नेतले गरेको गोल नै निर्णायक बन्यो।  जावलाखेलका गोलरक्षक देव लिम्बु अघि बढेको मौका छोप्दै उनले तीनजना डिफेण्डरलाई छक्याउँदै सटिक प्रहार गरेका थिए।  पहिलो हाफमै पछि परेको जावलाखेलले दोस्रो हाफमा सुधारिएको खेलसहित आक्रमक खेलेको थियो।  मुख्य रेफ्री प्रकाशनाथ श्रेष्ठसँग विवाद गरेपछि ७० औं मिनेटमा सिमान्त थापा दोहोरो पहेंलो कार्ड व्यहोर्दै मैदान छाडेसँगै जावलाखेल १० खेलाडीमा सिमित भएको थियो। 

 ८७ औं मिनेटमा भुट्निजका निगियोलको प्रहार पोष्ट नजिकैबाट बाहिरिँदा अग्रता दोब्बर बनाउनबाट चुके।  खेलको अतिरिक्त समयमा जावलाखेलका सुनिल खड्काको सशक्त प्रहारलाई भुट्निजका गोलरक्षक पुजन थापा मगरले सहजै नियन्त्रणमा लिए।  खेलमा जावलाखेलले खासै मुभ बनाउन सकेन।  निर्णायक गोल गरेका भुट्निजका प्रविण बस्नेत नै खेलको म्यान अफ द म्याच भए।  उनले नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।  

जारी प्रतियोगितामा आइतबार दोस्रो सेमिफाइनलमा मकवानपुर ११ ले संकटा क्लवसँग खेल्नेछ।  माघ ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ।  प्रतियोगिताको विजेताले नगद ८ लाख र उपविजेताले ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।  गोल्डकपको सर्वोत्कृष्ट खेलाडीले ५१ हजार र विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद १०÷१० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ।  बागमती गाउँपालिकाको कार्यालयको मुख्य प्रायोजन एवम् बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजना गोल्डकप सञ्चालन हुँदै आएको छ।  प्रतियोगिताको अघिल्लो संस्करण थ्रीस्टार क्लवले जितेको थियो।  

प्रकाशित: ३० पुस २०७९ १२:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App