१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

खेलविकासमा योगदान गर्नेलाई सम्मान

नेपाल रग्बी संघले शुक्रबार आफ्नो खेलविकासमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ।

संघको १०औं चुनावी साधरणसभाको अवसरमा संघले वर्षका उत्कृष्ट खेलाडी, प्रशिक्षक, रेफ्री र पत्रकारलाई सम्मान गरेको हो। संघले यु–१८ टोलीका प्रशिक्षक कृष्ण थापालाई उत्कृष्ट पुरुष प्रशिक्षकका रूपमा सम्मान गरेको हो। थापाको प्रशिक्षणमा नेपालको युवा पुरुष टोलीले गत महिना काठमाडौंमा सम्पन्न एसिया रग्बी यु–१८ च्याम्पियनसिपमा भारतलाई हराएको थियो।

त्यस्तै नीरज कार्की उत्कृष्ट पुरुष खेलाडी भए भने विशाखा राईलाई उत्कृष्ट महिला खेलाडीको अवार्ड प्रदान ग¥यो। त्यस्तै गणेश बानिया उदीयमान खेलाडी भए भने प्रेम कोइराला उत्कृष्ट रेफ्री घोषित भए। कोइरालाले गत महिना काठमाडौंमा सम्पन्न एसिया रग्बी यु–१८ च्याम्पियनसिप रेफ्रीको भूमिका निर्वाह गरेका थिए। त्यस्तै संघले यस खेलको विकास र प्रचारप्रसारमा निरन्तर कलम चदाउँदै आएका नागरिक दैनिकका खेलकुद ब्युरो प्रमुख अनिल मल्ल ठकुरीलाई पनि सम्मान गरेको छ। संघले गोपाल क्षेत्रीलाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरेको छ।

उत्कृष्ट पुरुष खेलाडी, महिला खेलाडी, प्रशिक्षक, रेफ्री, पत्रकार र लाइफ टाइम एचिभमेन्टका विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठ, जितपुर–सिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, कर्णाली प्रदेशका सदस्यसचिव विश्वामित्र सन्जेल, संघका कार्यवाहक अध्यक्ष  

दीपक देवकोटालागायतले सम्मान गरे।

प्रकाशित: ३० पुस २०७९ ०३:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App