१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

एपिएफ क्वार्टरफाइनलमा

ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबलाई हराउँदै सशस्त्र प्रहरीको एपिएफ क्लब पाँचांै बाग्मती गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। एपिएफले बुधबार मच्छिन्द्रलाई १–० ले पराजित गरेको हो।  

खेलको १४औं मिनेटमा एपिएफले गरेको गोल नै निर्णायक बन्यो। मणि लामाको फ्रिकिक बललाई मच्छिन्द्रका पेर्रे म्याभीले हेड गर्दै गोलमा परिणत गरेका थिए। खेलको सुरुआतमै पछि परेको मच्छिन्द्रले निकै दबाब खेपेको थियो। खेलको ५५औं मिनेटमा मच्छिन्द्रले बराबरी गोल गर्ने मौका खेर फाल्यो। टिम्बा टिम्बाको वान भर्सेस वान प्रहारलाई एपिएफका गोलरक्षक एन्जल श्रेष्ठले बचाएका थिए। खेलको अन्तिमतिर मच्छिन्द्रका करिब आधा दर्जन प्रहारलाई एपिएफका गोलरक्षक श्रेष्ठले निस्तेज पारेका थिए। एपिएफका मणि लामा नै खेलको म्यान अफ दी म्याच भए। उनले नगद ५ हजार रूपैयाँसहित ट्रफी प्राप्त गरे।

जारी प्रतियोगितामा बिहीबार भुट्निज स्पोटर््स क्लब अमेरिका र हिमालयन शेर्पा क्लबबीच खेल हुनेछ। माघ ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले नगद ८ लाख र उपविजेताले ४ लाख रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै सर्वोत्कृष्ट खेलाडीले ५१ हजार र विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले नगद १० हजार रूपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। बाग्मती गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा बाग्मती गाउँपालिकाको मुख्य प्रायोजनमा प्रतियोगिता हुँदै आएको हो। प्रतियोगिताको अघिल्लो संस्करण थ्री स्टार क्लबले जितेको थियो।

प्रकाशित: २८ पुस २०७९ ०४:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App