५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

'ए' डिभिजन लिग: १४ क्लबले गरे दर्ता, लिए तयारी खर्च १५/१५ लाख

फागुन १९ गतेदेखि सुरु हुने शहीद स्मारक 'ए' डिभिजन लिगका लागि सबै १४ क्लबले नाम दर्ता गराएका छन्।  

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार १४ वटै क्लबले नाम दर्ता र तयार खर्चको पहिलो किस्ताका रुपमा १५ लाख रुपैयाँसमेत बुझेको जनाएको छ।

शुक्रबार नाम दर्ता गराउने क्लबमा मनाङ मर्स्याङ्दी क्लब, खुमलटार युथ क्लब र सातदोबाटो युथ क्लबले क्लब दर्ताको फारम भरेका हुन्। उनीहरुले दर्तासँगै तयारी खर्चको पहिलो किस्ता बापतको रकम पनि बुझेका छन्। यस अघि एन्फाले बिहीबारसम्म ११ क्लबले नाम दर्ता गराएको जनाएको थियो।

यस अघि चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, हिमालयन शेर्पा, थ्री स्टार क्लब, संकटा क्लब, न्यूरोड टिम (एनआरटी) र नेपाल पुलिस क्लबले नाम दर्ता गरेर तयारी खर्च लिइसकेका छन्।

एन्फाले लिगको तयारीका लागि ‘ए’ डिभिजनका प्रत्येक क्लबलाई ३२ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने बताएको छ।  

प्रकाशित: २२ पुस २०७९ ०९:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App