१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

एपिएफ क्लब धरान एफसीलाई हराउँदै आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

नेपाल एपिएफ फुटबल क्लब पोखरामा जारी आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। पोखरा रंगशालामा भएको खेलमा आज एपिएफ फुटबल धरान एफसीलाई २–० ले हराउँदै सेमिफाइनलमा पुगेको हो।  

साविक विजेता एपिएफलाई सेमिफाईनलमा पुराउनु विकु तामाङ र युवराज खड्काले एक एक गोल गरेका हुन। एपिएफले सेमिफाइनलमा अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लब वा संकटा क्लब विचको बिजेतासंग  पुस २० गते खेल्नेछ।  

यो प्रतियोगितामा आइतबारको क्वार्टरफाइनलमा सहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन मछिन्द्र एफसी र पहिलो पटक ए डिभिजन लिगमा खेल्न लागेको चर्च ब्वाइज युनाइटेड क्लबबीच प्रतिस्पर्धा हुनेछ। यस अघि हिजो  नेपाल पुलिस क्लबलाई हराउँदै चर्च ब्वाइज अन्तिम आठमा पुगेको थियो।

प्रकाशित: १६ पुस २०७९ १०:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App