१६ चैत्र २०८० शुक्रबार
खेल

स्वस्तिका र प्रशंसा सेमिफाइनलमा

 नेपालका स्वस्तिका विष्ट र प्रशंसा मोक्तान २०औं जयकर स्मृति एटिएफ यु–१४ टेनिस प्रतियोगिता अन्तर्गत सर्किट–२ को गर्ल्स सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन्।

सातदोबाटोस्थित टेनिस कोर्टमा प्रशंसाले भारतकी सान्भी रेडी भुनद्यालामाथि ६–१, २–६ र ६–४ को जित निकाल्दा स्वस्तिकाले अमेरिकाकी खेलाडी नाला जोस्फिन मास्केबाट वाकओभर पाउँदै सेमिफाइनलमा स्थान बनाइन्। यसै स्पर्धाको क्वार्टरफाइनलमा नेपालका दुई खेलाडीको चुनौती भारतीय खेलाडीले समाप्त पारे।

भारतकी सराह चौधरीले नेपालकी आद्या पौड्याललाई ६–४ र ६–२ तथा भारतकै अर्की खेलाडी तनिशा भट्नागरले नेपालकी जेनी खड्कालाई ६–१ र ६–२ को सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाए।

मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्समा भारतका सिद्धार्थ जिबुले हङकङका छुइन हेइ करिसन फुङलाई ४–६, ६–१ र ६–२, नेपालका राजवीर प्रधानले भारतका इशान बदाकीलाई ६–० र ६–४, हङकङका वान हिम दोनोभान यिमले भारतका भिभान मिर्धालाई ६–२ र ६–१ तथा हङकङका की छियोङ मोरिस ताङले पाकिस्तानका जोहब अफजल मलिकलाई ६–१ र ६–० को सेटमा हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे। ब्वाइज डबल्समा भारतका ईशान बदाकी र सञ्जय गिरीश कुमारको जोडीले नेपालका शाश्वत वज्राचार्य र भारतका आदित्य सिंहको जोडीलाई ६–४ र ६–१ ले हराउँदै अन्तिम चारमा स्थान बनायो।

यसै विधामा हङकङका छियोङ र वानको जोडीले पाकिस्तानका अफजल र यमनका हमुद इयादको जोडीलाई ६–१ र ६–१ को सोझो सेटमा पन्छाउँदै सेमिफाइनलमा स्थान पक्का गर्‍यो। त्यसैगरी नेपालका राजवीर र दर्शिल श्रेष्ठको जोडीले बंगलादेशका नसफ अहमद नासिर र भारतका अर्श वाल्केको जोडीलाई ६–० र ६–० तथा भारतका सिद्धार्थ र भिभानको जोडीले हङकङका छुइन र भारतका किशोर श्रीरामको जोडीलाई ६–३ र ७–५ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए।

प्रकाशित: ७ पुस २०७९ ०२:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App