८ वैशाख २०८१ शनिबार
खेल

नेपाल खेलको लागि महत्वपूर्ण सम्भाव्यता भएको देशः खेलकुदमन्त्री

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपाल खेलको लागि महत्वपूर्ण सम्भावना बोकेको देश भएको बताएका छन्।  शनिबारदेखि काठमाडौंको दशरथ रंगशालामा शुरु भएको एशिया रग्बी यू–१८ सेभेन्स च्याम्पियनसिपको उद्घाटनपछि बोल्दै उनले यस्तो बताएका हुन्। 

उनले नेपाल प्राकृतिक विषमताहरु भएको देश रहेको उल्लेख गर्दै नेपालका हिमाल, पहाड र तराईका क्षेत्रहरुमा विश्वका सबै ठाउँमा पाइने हावापानी भएकाले खेलकुदको ठूलो सम्भावना बोकेके देश भएको बताए। उनले भक्तपुरको चाँगुनारायण स्थानमा अन्तर्राष्ट्रिय स्तरको रग्बी रंगशाला निर्माण गर्ने प्रक्रिया समेत अघि बढाइएको बताए।

मन्त्री गहतराजले नेपालको भौगोलिक विविधताले खेलकुदका गतिविधिहरु सञ्चालन गर्ने कुरामा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा अन्तर्राष्ट्रिय स्तरका खेलहरु नेपालमा खेलाउन पनि आग्रह गरे। 

प्रकाशित: २४ मंसिर २०७९ १०:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App