७ वैशाख २०८१ शुक्रबार
खेल

विश्वकप फुटबल: ब्राजिल र क्रोएसियाबीचको खेल मध्यान्तर सम्म बराबरीमा

विश्वकप फुटबल अन्तर्गत अहिले ब्राजिल र क्रोएसियाबीचको पहिलो क्वाटरफाईनलको खेल भइरहेको छ। 

नेपाली समय अनुसार पौने ९ बजे देखि सुरु भएको यी दुई बिचको खेलमा मध्यान्तर सम्म दुबै टोलीले कुनै गोल गर्न सकेका छैनन्। बल नियन्त्रणमा  ब्राजिल अगाडि रहे पनि गोल भने गर्न सकेन ।  

आजको खेलमा ब्राजिलले यस अघि दक्षिण कोरिया विरुद्ध खेलेकै खेलाडीलाई मैदानमा उतारेको छ। त्यसैगरी क्रोएसियाले चाहिँ जापान विरुद्ध उतारेको दुई खेलाडीलाई परिवर्तन गरेको छ।  

ब्राजिल प्लेइङ ११:

एलिसन, ड्यानिलो, थियागो सिल्भा (कप्तान), मार्किन्हस, एडर मिलिसाओ, क्यसेमिरो, लुकास पाक्वेटा, नेयमार, राफिन्हा, भिनिसियस जुनिअर, रिचार्लीसन

क्रोएसिया प्लेइङ ११ :

डोमिनिक लिभाकोभिच, डेजान लोभ्रेन, जोस्को भार्दिओल, बोरना सोसा, जोसिप जुरानोभिच, माटियो कोभाचिच, मार्सेलो ब्रोजोभिच, लुका मोड्रीच (कप्तान), मारियो पासालीच, इभान पेरिसिच, आन्द्रे क्रामारिच

प्रकाशित: २३ मंसिर २०७९ १५:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App