८ वैशाख २०८१ शनिबार
खेल

‘रोनाल्डोलाई हटाउन दबाब दिएको छैन’

पोर्चुगल फुटबल संघ (एफपिएफ)ले रोनाल्डोलाई विश्वकप टोलीबाट हटाउनका लागि कुनै दबाब नदिएको स्पष्टीकरण दिएको छ।  

विश्वकप फुटबलअन्तर्गत अन्तिम १६ को खेलमा स्विट्जरल्यान्डविरुद्ध बेन्चमा रहेपछि एफपिएफमाथि रोनाल्डोलाई टोलीबाट हटाउन खोजेको आरोप लागेको थियो। यही आरोपलाई संघले बिहीबार खण्डन गरेको हो।  

स्विट्जरल्यान्डविरुद्धको खेलमा प्रशिक्षक फर्नान्डो सान्तोसले रोनाल्डोलाई बेन्चमा राख्दै युवा खेलाडी गोन्जालो रामोसलाई पहिलो रोजाइमा राखेका थिए। उनै रामोसले ह्याट्रिकसमेत पूरा गरेका थिए। यो जारी विश्वकपको पहिलो ह्याट्रिक हो र उनको ह्याट्रिकको सहयोगमा पोर्चुगलले  

स्विट्जरल्यान्डविरुद्ध ६–१ को फराकिलो जित निकाल्दै अन्तिम आठमा स्थान बनाएको थियो। अब पोर्चुगलले सेमिफाइनल प्रवेशका लागि शनिबार मोरक्कोको सामना गर्नेछ।  

प्रशिक्षक सान्तोससँग खटपट भएको र रोनाल्डोलाई टोलीबाट हट्न दबाब दिएको भन्दै पोर्चुगलका सञ्चारमाध्ययमले उल्लेख गरेपछि त्यसको खण्डन गर्दै संघले बिहीबार स्पष्टीकरण दिएको हो। ‘कतारमा रही रहेको टोलीका सदस्य रोनाल्डोलाई टोलीबाट हट्न कसैले पनि दबाब दिएको छैन। कप्तानी सम्हालिरहेका छन्। उनलाई हटाउने दबाब कतैबाट पनि भएको छैन,’ एफपिएफले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘हरेक खेलमा रोनाल्डोले नयाँनयाँ कीर्तिमान बनाइरहेका छन्। जुन कीर्तिमान विश्व अनि राष्ट्रसँग पनि जोडिएको छ। हामी यसको सम्मान गर्छौं।’

रोनाल्डो पोर्चुगलका लागि सर्वाधिक धेरै खेल खेल्ने खेलाडी हुन्। उनले पोर्चुगलका लागि १ सय ९५ खेल खेल्दा १ सय १८ गोल गरेका छन्। क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको भोलिपल्ट बुधबार प्रशिक्षक फर्नान्डो सान्तोसले स्विट्जरल्यान्डविरुद्ध बेन्चबाट खेल सुरुआत गर्ने खेलाडीका लागि अभ्यास सत्र राखेका थिए। बेन्चबाट सुरु गर्नेमा रोनाल्डो भए पनि पनि उनी त्यो अभ्यासमा सहभागी भएनन्।

प्रकाशित: २३ मंसिर २०७९ ०२:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App