coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

आइसिसी विश्वकप लिग–२ अन्र्तगत नेपाल विरुद्ध नामिबियाले २७५ रन बनायो

नामिबियाको युनाइटेड क्लब क्रिकेट मैदानमा भएको आइसिसी विश्वकप लिग–२ अन्र्तगत नेपाल विरुद्ध नामिबियाले  २७५ रन बनाएको छ। नेपालले टस जितेर पहिलो ब्याटिङ गर्ने निम्तो दिए पछि घरेलु टोलीले ५० ओभरको खेलमा ७ विकेट गुमाएर २७५ रन बनाएको हो।  

नामिबियाका लागि माईकल भान लिनगेनले  १ छक्का र १५ चौक्का संगै १११ रनको सतकिय पाली खेले । त्यसैगरी कप्तान जेरहार्ड इरामसल ५३ ,जान लिकोलले ४० , डिभान लककले १८ र  लो ह्यान्ड्रेले १४ रन बनाए।  

नेपालका लागि ललित राजबंशीले  १० ओभरमा   ३६ रन खर्चेर महत्वपूर्ण ४  विकेट लिए ।त्यसैगरी सोमपाल कामीले २  र सागर ढकालले एक विकेट लिए । गुलसन झा , कुसल भुर्तेल, ज्ञानेन्द्र मल्ल र आसिफ सेकले बलिङ गरे पनि कुनै विकेट लिन सकेनन् ।

नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित यस शृंखलामा नेपालको यो तेस्रो खेल हो। यसअघि नेपाल र नामिबियाबीचको खेल वर्षाले प्रभावित भएको थियो। बर्षाका कारण दुवै टोलीले अंक बाँडेका थिए । नेपालले शृंखलाको अन्तिम खेल बिहीबार स्कटल्याण्डसँग खेल्नेछ। दोस्रो खेलमा नेपालस्कटल्याण्डसँग  नेपाल ३ विकेटले पराजित भएको थियो।

प्रकाशित: २१ मंसिर २०७९ ११:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App