१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

बलियो स्पेनलाई मोरक्कोको चुनौती

अभ्यासका क्रममा स्पेनको टोली  । तस्बिर: एपी

दोस्रो पटक विश्वकप उचाल्ने स्पेनको लक्ष्यमा गोलकिपर उनई सिमोनमा निर्भर रहनेछ। समूह ‘ई’ बाट जर्मनी दोस्रो चरणमा प्रवेशमा असफल रहँदा स्पेनले भने समूहविजेता बन्दै मंगलबार मोरक्कोसँग अन्तिम १६ को भेट पक्का गरेको हो।

मोरक्कोमाथि जित निकाल्दै युवा टोलीले भरिएको स्पेन दोस्रो पटक विश्वकपको उपाधि उचाल्ने लक्ष्यमा छ। स्पेनका प्रशिक्षक इनरिकेले विश्वकपअगाडि आफ्नो टोलीका खेलाडीले एक हजार पटक पेनाल्टीमा पनि अभ्यास गरेको बताएका छन्। सन् २०१० को विश्वकप च्याम्पियन स्पेनले मंगलबारको अन्तिम १६ को खेल अतिरिक्त समय र पेनाल्टीमा जाँदा आफ्नो टोलीले त्यसका लागि तयारी गरिसकेको संकेत गरेका हुन्। गत युरो कप २०२० मा स्पेनले स्विट्जरल्यान्डलाई पेनाल्टीमार्पmत स्तब्ध बनाएको थियो।  

तर, सेमिफाइनलमा भने इटालीसँग नै पेनाल्टी सुटआउटमा स्तब्ध बन्यो। त्यसैले यस पटक पेनाल्टी सुटआउटमा कुनै गल्ती नगर्ने स्पेनको भनाइ छ। लुइस इनरिकेको टोली बल पोसेसनमा केन्द्रित रहँदा विपक्षी टोलीले काउन्टर रणनीति अपनाउनेछ। जसले गर्दा स्पेनिस गोलकिपर सिमोनका लागि चुनौती हुनेछ। स्पेनको बल पोसेसनमा सिमोनलाई ब्याक पास हुँदा उनले केही गल्ती पनि गरेका छन्। त्यसैले उनले आलोचना पनि खेप्नुपरेको छ। तथापि, प्रशिक्षक इनरिकेले भने कहिलेकाहीँ भूलवश गल्ती हुने भएकाले सिमोनमाथि आफू पूर्ण विश्वस्त रहेको बताएका छन्।

उनी समूह चरणमा जर्मनीसँग हारको संघारबाट बचेका थिए, जुन खेलको नतिजा १–१ मा टुङ्गिएको थियो। जापानले गत बिहीबार स्पेनमाथि २–१ को जित निकाल्दा पहिलो गोल उनकै गल्तीका कारण भएको हो। ‘उनीहरूले हामीमाथि दुई गोल गरे। उनीहरूलाई अझ थप दुई गोल आवश्यक थियो भने त्यो पनि सम्भव हुन्थ्यो होला। हामी पनि गोल गर्न सक्थ्यौं,’ इनरिकेले भने। स्पेन जापानविरुद्ध १–० ले अगाडि थियो। तर, दोस्रो हाफको सुरुमै अग्रता  

गुमाउन पुग्यो।  

ब्याक पासमा सिमोनले पोसेसन गुमाउँदा स्पेनले त्यसको क्षति बेहोर्न पुग्यो। सिमोनकै बल नियन्त्रणमा लिँदै जापानका रित्सु डोएनले गोल गरेका हुन्। इनरिकेसँग अन्य दुई उत्कृष्ट गोलकिपर भए पनि उनको रोजाइमा सिमोन नै पर्दै आएका छन्। ‘यदि उनले राम्रो खेलेनन् भने उनी राष्ट्रिय टोलीको गोलकिपर नै हुँदैनन्,’ इनरिकेले भने, ‘स्पेनलाई पोस्ट रक्षामा जे आवश्यक छ, त्यो सिमोन नै हुन्।’  

प्रशिक्षक इनरिकेले जापानविरुद्ध हारको कारण लामो पासमा काम गर्न नसक्नु रहेको पनि संकेत गरेका थिए। त्यसैले स्पेनले मोरक्कोविरुद्ध लामो पास पनि खेल्ने संकेत गरेको छ। ‘मोरक्कोसँग छोटो पास मात्र खेल्नु चुनौती हुन सक्छ,’ प्रशिक्षक इनरिकेले भने। यद्यपि, प्रशिक्षक इनरिकेलाई आफ्नो टिकीटाका शैली प्रभावकारी नै रहेको विश्वास छ। ‘राष्ट्रिय टोलीले यो शैलीमा नै खेल्छ। हाम्रो पुरानो शैलीमा पनि जित निकाल्न सक्छौं भन्ने विश्वस्त छु,’ उनले भने।

मंगलबार अन्तिम १६ को अर्को खेलमा पोर्चुगलले स्विट्जरल्यान्डविरुद्ध खेल्दै छ। यद्यपि, पोर्चुगलका मिडफिल्डर विलियम कार्र्भाल्होले जारी विश्वकपमा अर्को अप्रत्याशित नतिजा नआउने विश्वास व्यक्त गरेका छन्। पोर्चुगल समूहचरणको अन्तिम खेलमा दक्षिण कोरियासँग अप्रत्याशित रूपमा स्तब्ध भएको थियो। साउदी अरेबियाले अर्जेन्टिना तथा जापानले जर्मनी र स्पेनलाई हराउँदै अप्रत्याशित नतिजा निकालिसकेका छन्। तर, मंगलबार भने त्यस किसिमको नतिजा नआउने पोर्चुगलका मिडफिल्डर कार्भाल्होको विश्वास छ। शनिबार अस्ट्रेलियाले अर्जेन्टिनासँगको खेल झन्डै अतिरिक्त समयसम्म पु¥याएपछि आफूहरू सचेत रहेको बताएका छन्। ‘हामीले स्विट्जरल्यान्डविरुद्ध बल पोसेसनमा राख्दै दबाबमा राख्न सके मात्र जित निकाल्न सम्भव हुनेछ,’ उनले भने, ‘हामीले पहिलो मिनेटदेखि नै ध्यान पु¥याउनुपर्छ। तब मात्र अप्रत्याशित नतिजाबाट जोगिनेछौं।’  

गत जुनमा पोर्चुगलले  

स्विट्जरल्यान्डमाथि ४–० को जित निकाल्दा कार्भाल्होले गोल गरेका थिए। तर, त्यसको एक हप्तामा नै पोर्चुगलले सोही प्रतिद्वन्द्वीसँग १–० ले नतिजा गुमाउन पुग्यो। ‘हामीले उनीहरूविरुद्ध जित्यौं र लगत्तै हा¥यौं पनि। त्यसैले उनीहरू बलियो टोली हुन् भन्नेमा सचेत छौं। हामी उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्नमा केन्द्रित हुनेछौं,’ उनले भने।  

 

 

प्रकाशित: २० मंसिर २०७९ ०१:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App