६ वैशाख २०८१ बिहीबार
खेल

दक्षिण कोरियालाई हराउँदै ब्राजिल क्वाटरफाइनलमा

कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ अन्तर्गत ब्राजिलले दक्षिण कोरियालाई हराउँदै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ।

सोमबार राति भएको राउण्ड अफ १६ को खेलमा दक्षिण कोरियालाई ४-१ गोल अन्तरले हराउँदै ब्राजिल क्वाटरफाइनलमा पुगेको हो।

खेलको सातौं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै ब्राजिललाई पहिलो १-० को अग्रता दिलाएका थिए। खेलको १३ औं मिनेटमा नेयमारले पेनाल्टीबाट गोल गरे। २९ औं मिनेटमा थियागो सिल्भाको पासमा रिचार्लिसनले गोल गर्दै ब्राजिललाई ३-० को अग्रता दिलाए।

खेलको ३६ औं मिनेटमा लुकास पाक्वेटाले गोल गर्दै ब्राजिललाई ४-० को अग्रता दिलाएका हुन्।दक्षिण कोरियाका लागि खेलको ७६ औं मिनेटमा पाइक सुएङ होले एक गोल फर्काए।

प्रकाशित: १९ मंसिर २०७९ २१:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App