१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

इंग्ल्यान्ड र अमेरिका नकआउट चरणमा

इंग्ल्यान्ड फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।

गएराति सम्पन्न खेलमा वेल्सलाई ३-० गोल अन्तरले हराउँदै इंग्ल्यान्ड राउण्ड अफ १६ मा प्रवेश गरेको हो। इंग्ल्यान्डलाई जित दिलाउन मार्कुस राषफोर्डले दुई गोल गरे। फिल फोडेनले एक गोल गरे।

राषफोर्डले खेलको ५० औं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए। ५२ औं मिनेटमा फोडेनले गोल गर्दै इंग्ल्यान्डलाई २-० को अग्रता दिलाए।

त्यसपछि खेलको ६८ औं मिनेटमा राषफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई ३(० को जित दिलाए। जितसँगै इंग्ल्यान्ड समूह (बी)को विजेता बनेको छ। वेल्स र इरान भने प्रतियोगिताबाट बाहिरिएका छन्।

यस्तै अमेरिका पनि नकआउट चरणमा प्रवेश गरेको छ। गएराति नै भएको खेखमा इरानलाई १-० गोल अन्तरले हराउँदै अमेरिका राउण्ड अफ १६ मा प्रवेश गरेको हो। अमेरिकाको जितमा क्रिस्टियन पुलिसिचले निर्णायक गोल गरे। उनले खेलको ३८ औं मिनेटमा गोल गरेका थिए।

जितसँगै अमेरिका समूह (बी)को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो। अमेरिकाले ३ खेलमा ५ अंक जोड्यो। इरान ३ अंक जोडेर तेस्रो स्थानमा रहदै प्रतियोगिताबाट बाहिरिएको छ।

प्रकाशित: १४ मंसिर २०७९ ००:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App