१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

स्विट्जरल्यान्डलाई हराउँदै ब्राजिल अन्तिम १६ मा प्रवेश

ब्राजिल फिफा विश्वकप फुटबल २०२२ को अन्तिम १६ मा प्रवेश गरेको छ।

गएराति  भएको खेलमा स्विट्जरल्यान्डलाई १(० गोल अन्तरले हराउँदै ब्राजिल नकआउट चरणमा पुगेको हो।

ब्राजिललाई जित दिलाउन कासिमिरोले निर्णायक गोल गरे। उनले खेलको ८३ औं मिनेटमा निर्णायक गोल गरे।

यस जितसँगै ब्राजिलले २ खेलमा २ जितसहित ६ अंक जोडेको छ। समूह (जी) को ब्राजिल शीर्ष स्थानमा रहेको छ। स्विट्जरल्यान्ड २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।

प्रकाशित: १३ मंसिर २०७९ ०१:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App