विश्वकपको पहिलो खेलमा पोर्चुगलले घानामाथि ३–२ गोलले जित हासिल गरेकाे छ। पोर्चुगलका लागि राफेल लियोको गोलमा पोर्चुगलले ३–२ गोलले जित हासिल गरेकाे हाे।
उनले खेलको ८० औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन्। यसअघि राेनाल्डाेले ६५ मिनेटमा पेनाल्टी सुटआउँटमा गाेल गरेका थिए भने जाओ फेलिस्कले ७८ओैं मिनेटमा गाेल गरेका थिए।
त्यस्तै घानाकाे लागि ऐनडिआईले ७३ ओैं मिनेटमा गाेल गरेका थिए भने ओसमा बुकारीले ८९ मिनेटमा गाेल गरेका थिए।
फिफा विश्वकपमा गोल गरेसँगै पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो पाँचवटा फरक संस्करणको विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्। घानाविरुद्ध जारी समूह ‘एच’ को खेलमा गोल गरेसँगै रोनाल्डोले पाँचवटा फरक संस्करणको विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेर किर्तिमान स्थापित गरेका हुन्।
उनले खेलको ६२औं मिनटमा पेनलटीमा गोल गर्दै पोर्चुगललाई १–० गोलले अग्रता समेत दिलाए । रोनाल्डोसँगै चारवटा विश्वकपमा गोल गर्ने खेलाडीको सूचीमा अर्जेन्टिनाका लियोनल मेस्सी, ब्राजिलका पेले, जर्मनीका मिरोस्लाभ क्लोसे र उवी सीलर रहेका छन् ।
प्रकाशित: ८ मंसिर २०७९ २३:४३ बिहीबार