फिफा विश्वकपको जारी खेलको पहिलो हाफमा पोर्चुगल र घाना गोलरहित बराबरीमा रोकीएको छ।
बिहीबार राति कतारको स्टेडियमा ९७४ मा जारी समूह ‘एच’ अन्तर्गतको खेलको पहिलो हाफमा पोचुगल र घाना गोलरहित बराबरीमा रोकीएको हो। खेलको १०औं मिनटमा बर्नार्डाै सिल्भाले रोनाल्डोलाई मिलाएको सुन्दर पासमा रोनाल्डो गोल गर्नबाट चुकेका थिए।
यसपछि खेलको ३१औं मिनटमा रोनाल्डोले बलललाई जाली चुमाएपनि घानाका डिफेन्डरमाथि जाआओ फेलिक्सले फाउल गरेको संकेत गर्दा गोलले मान्यता पाएन।
प्रकाशित: ८ मंसिर २०७९ २२:४२ बिहीबार