१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

जेन-जी आन्दोलनका घाइतेलाई भाइटीका लगाउन अस्पताल पुगिन् असिका

भाइटीकाको दिन दिदीबहिनीको हातबाट टीका थाप्नबाट वञ्चित जेन-जी आन्दोलनका एक घाइतेलाई अभियान्ता असिका तामाङले अस्पतालमै पुगेर टीका लगाइदिएकी छन्।

बिहीबार अस्पतालको शय्यामै रहेका कमलको निधारमा सप्तरङ्गी टीका र गलामा माला लगाइदिँदै उनले शीघ्र स्वास्थ लाभको कामना गरिन्।

जेन-जी आन्दोलनका क्रममा सुरक्षाकर्मीको दमनबाट गम्भीर घाइते भई उपचाररत कमललाई चाडपर्वको दिन परिवारको अभाव महसुस नहोस् भनेर अभियान्ता तामाङ अस्पताल पुगेकी थिइन।

टीका लगाइदिएपछि अभियान्ता तामाङले कमलको स्वास्थ्यमा आएको सुधारप्रति खुसी व्यक्त गर्दै कमलको सुरुवाती नाजुक अवस्था र अहिले धेरै सुधार भएको बताइन्।

उनले लेखेकी छन, ‘मैले सुरुमा भेट्दा साह्रै नाजुक अवस्था हुनुहुन्थ्यो कमल भाइ। उहाँको शरीरभरि प्वाल नै प्वाल पारिएको थियो, होस भएर पनि आवाज आउने थिएन। भगवानको करामत, आज भाइ बोल्न सक्नुहुन्छ, अनुहारमा नै फरक चमक देखेँ आज ! धन्यवाद सबैजनालाई !’

अभियान्ता तामाङ जेन-जी आन्दोलनलगत्तैदेखि घाइतेहरूको पक्षमा निरन्तर उभिदै आएकी छन्। उनले निरन्तर अस्पतालहरूमा पुगेर घाइतेहरूको अवस्था बुझ्ने, उनीहरूको उपचार कार्डका आधारमा नगद सहयोग गर्ने र खाद्यान्न लगायतका सामग्री उपलब्ध गराउँदै आएकी छिन्।

चाडपर्वको समयमा परिवारबाट टाढा रहेर उपचार गराइरहेका घाइतेहरूको मनोबल उच्च राख्न तामाङले निरन्तर प्रयासरत छिन्।

प्रकाशित: ६ कार्तिक २०८२ १६:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App