लक्ष्मणघाट मेला हेरर फर्किनेक्रममा स्कुटर दुर्घटनामा कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ११ हथौसाकाका एक युवकको मृत्युको मृत्यु भएको छ ।
मंगलार मध्यराततिर मेला हेरेर लु ८७ प ७२१३ नम्बरको स्कुटरमा फर्किनेक्रममा तौहिलवा– चार नम्बर सडक खण्ड अन्तर्गत ठकुरापुरमा रहेको नालीमा खसेर ३० बर्षिय हेमन्त गुरुङको मृत्यु भएको हो ।
स्कुटर र मृतक गुरुङको शव नालीमा बुधबार बिहान फेला परेको थियो । घटनाको अनुसंधान र मृतको साथीहरुसंग सोधपुछ गर्दा मेलामा मध्यरातमा साथीहरुसंग घुमेर घर फर्किनेक्रमम दुर्घटना भएको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए । सीसी टिभिको फुटेज र मृतकको मोबाईल हेर्दा दुर्घटना तीब्र गति कै कारण भएको पाइएको उनले बताए ।
घटनाबारे थप अनुसन्धान भई रहेको प्रहरी जनाएको छ ।
प्रकाशित: १९ कार्तिक २०८२ १७:१० बुधबार





