६ असार २०८३ शनिबार
image/svg+xml
समाज

दहतालमा पौडी खेल्ने क्रममा युवक बेपत्ता

सुर्खेतको पञ्चपुरी नगरपालिका–८ स्थित दहतालमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका छन्। प्राप्त जानकारी अनुसार दैलेख जिल्लाको गुराँस गाउँपालिकाका स्थायी बासिन्दा तथा हाल सुर्खेत वीरेन्द्रनगर नगरपालिका–६ मा रहेको विक्रम पुन मगरले सञ्चालन गरेको ग्रिल उद्योगमा कार्यरत करिब १८ वर्षीय रमेश पुन मगरसहित ८ जनाको टोली घुम्नका लागि दहताल पुगेको थियो।

 शनिबार दिउँसो १२ बजेपछि दहतालमा पौडी खेल्ने क्रममा रमेश पुन मगर डुबेर बेपत्ता भएको जनाइएको छ।  घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी टोली खटिएको छ। 

बेपत्ता युवकको खोजी तथा उद्धार कार्य तीव्र रूपमा जारी रहेको प्रहरीले जनाएको छ।  घटनामा रमेश पुन मगर बाहेक टोलीका अन्य ७ जना सकुशल रहेका छन्।  

प्रकाशित: ६ असार २०८३ १४:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App