११ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

रुखबाट लडेर युवकको मृत्यु

रुखबाट लडेर आज बिहान मकवानपुरको मनहरी गाउँपालिका–७ मा एक युवकको मृत्यु भएको छ।

स्थानीय मनकामना सामुदायिक वनमा आज बिहान ०८ बजेतिर साजको रुखको हाँगा काट्ने क्रममा लडेर मकवानपुरको राक्सिराङ गाउँपालिका–८ टोक्चेराङ घर भई मनहरी गाउँपालिका–७ लामा टोलमा बस्दै आएका ३५ वर्षीय सुरेश लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।  

रुखबाट लडेर गम्भीर घाइते लामालाई उद्धार गरी उपचारको लागि हेटौँडा अस्पताल भर्ना गरिएकोमा बिहान १०ः२० बजे उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए। रासस

प्रकाशित: १ पुस २०८२ १२:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App