५ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

तालेश्वरनाथ महादेव मन्दिरमा जिउँदो नागको पूजा

नागपञ्चमीमा कपिलवस्तु तौलिहवा स्थित प्रसिद्ध तौलेश्वरनाथ महादेव मन्दिरमा तीन जिउँदो नागको पूजा गरिएको छ। नटुवाहरुहरुले ल्याएको ३ गोमन सर्पको भक्तजनहरूले पूजाआजा गरेका हुन्। 

मन्दिरमा आएका भक्तजनहरूले साक्षात् नागको दर्शनसँगै पूजा गर्न पाउँदा हर्षित बनेका छन्। जिल्लाको यशोधरा गाउँपालिका ३ वसन्तपुरका ३ नटुवाहरुले मन्दिरमा सर्प ल्याएका हुन्।  मन्दिरमा रहेको शिव लिङ्गको पूजासँगै उनीहरुले मन्दिर परिसरमा गोमन सर्पलाई दूध, लावा, चना, अक्षता, अबिर, चन्दन र फुल चढाएर पूजाआजा गरेका हुन्। नागपञ्चमीका दिन सर्पको पूजाआजा गरेमा सर्पको डसाइबाट जोगिने र परिवार सुरक्षित रहने भक्तजनहरूको विश्वास रही आएको छ  । 

बिहानै ७ बजेबाट देखि बिहान सम्म १२ बजे सम्म नागको पूजाआजा गर्नेको भीड थियो । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले तौलेशवर नाथ महादेव मन्दिरमा बिहानै ३ जिउँदो नागको दर्शन गर्न पाउँदा मन प्रशंन भएको बताए । ‘मन्दिर परिसरमा साक्षात् नागको दर्शन गर्ने मौका मिल्यो, मन आनन्दित भयो ’ उनले भने । 

नागपञ्चमीमा मन्दिरमा जिउँदो नागको दर्शनसँगै पूजाआजा गर्न पाएकोमा खुसी लागको स्थानीय अजय बर्माले बताए। नागपञ्चमीमा मन्दिरमा एक हजार बढी भक्तजनहरूले मन्दिरमा दर्शनसँगै जिउँदो नागको पूजा गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामकुमार गुप्ताले बताए । श्रद्धालुले गच्छे अनुसार सर्पलाई पूजाआजा गरी नगद पनि चढाएका थिए । युवा युवतीले घाटीमा सर्प बेरेर फोटो खिचाएका थिए ।

प्रकाशित: १३ श्रावण २०८२ १२:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App