२७ श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

चक्कु प्रहारबाट मजदुरको मृत्यु

बागलुङ काठेखोला गाउँपालिका–३ धम्जामा चक्कु प्रहारबाट एक मजदुर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीका अनुसार ढोरपाटन नगरपालिका–५ का २५ वर्षीय अर्जुन घर्तीले आपसी विवादमा चक्कु प्रहार गर्दा सोही नगरपालिका–७ का ४० वर्षीय अशोक खत्रीको घटनास्थलमै मृत्यु भएको हो।

हत्या अभियोगमा घर्तीलाई हिरासतमा लिइएको छ। घटना गए राति भएको हो।

हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमतिका निम्ति निजलाई जिल्ला अदालत पुर्याइएको छ।  

प्रकाशित: २७ श्रावण २०८३ ११:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App