१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

वीरगन्जमा युवती माथि गोली प्रहार, अवस्था चिन्ताजनक

वीरगन्ज महानगरपालिका १६ रजतजयन्ति चोकमा सोमबार दिउँसो ४ बजे तिर एक युवती माथि गोली प्रहार गरिएको छ। गोली प्रहारबाट  भारत बिहार राज्यको बेतियाकी २८ वर्षीया निशाकुमारी सहनीको अवस्था चिन्ताजनक रहेको पर्सा प्रहरी प्रमुख गौतम मिश्रले बताएका छन्।

रजतजयन्ति चोकमा रहेको खाजा खाने होटलमा ग्राहक बनेर आएका भारतको झारखण्ड भएका अन्दाजी ३० वर्षीय प्रदीप शर्माले त्यही होटलमा रहेकी  सहनीलाई गोली हानेका मिश्रले बताए। बायाँ गालामा गोली लागेर गम्भीर घाइते उनको नारायणी अस्पतालमा उपचार भइरहेको उनले बताए।                

निशालाई गोली हानेर भाग्दै गरेका शर्मालाई वीरगन्जको भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाएको सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले जानकारी दिएका छन् ।शर्मालाई कटुवा पेस्तोलसहित पक्राउ गरिएको उनले बताए ।

शर्माले निशालाई किन र के कारणले गोली हानेको विषयमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक  मिश्रले बताए।

प्रकाशित: २३ भाद्र २०८२ १७:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App