१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

मादी नदीमा महिलाको शव फेला

फाइल तस्बिर : मादी नदी

व्यास नगरपालिका–५ माथिल्लो पाटनस्थित मादी नदीको किनारमा आज बिहान एक महिलाको शव बेवारिसे अवस्थामा फेला परेको छ।

पानीमा कोल्टो परेको अवस्थामा नामथर ठेगाना नखुलेको महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। अन्दाजी ४०/४५ वर्षीया महिलाको शव फेला परेको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिएका छन्।

स्थानीयवासीबाट खबर पाएलगत्तै प्रहरी निरीक्षक शिवप्रसाद पाठकको नेतृत्वमा खटिएको प्रहरीले घटनासम्बन्धमा अनुसन्धान गरिरहेको छ। रासस

प्रकाशित: २९ मंसिर २०८२ १३:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App