२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

सर्लाहीको भरत तालमा महिलाको शव फेला

सर्लाहीको बागमती नगरपालिकास्थित पर्यटकीय क्षेत्र भरत तालमा एक महिलाको शव फेला परेको छ। अन्दाजी २१/२२ वर्षीया देखिने महिलाको पहिचान हुन सकेको छैन।

बागमती नगरपालिका–१२ स्थित तालमा शव तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय, कर्मैयाबाट प्रहरी नायब निरीक्षक (सई) सुभाष यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले डुंगाको सहायताले शव बाहिर निकालेको हो।

प्रहरीका अनुसार, मृतक तराई मूलकी देखिन्छिन्। उनले नीलो रङको जिन्स पाइन्ट र हरियो कुर्ता लगाएकी छन् भने हातमा रातो बाला लगाएको पाइएको छ।

शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रहरीले शवको पहिचानका लागि हुलियासहित आवश्यक जानकारी सार्वजनिक गरेको छ।

प्रकाशित: १४ श्रावण २०८२ २०:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App