२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

बसको ठक्करबाट मेलाबाट फर्किँदै गरेकी महिलाको मृत्यु, राजमार्ग अवरुद्ध

बसको ठक्करबाट मंगलबार बैतडीमा एक महिलाको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका—२ देहिमाडौँस्थित निङ्गलाशैनी मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा बसको ठक्करबाट वडा नं १ गुरूखोला निवासी ३३ वर्षीया भागरथी लुहारको मृत्युभएको हो।

जात्राबाट फर्किने क्रममा दशरथचन्द राजमार्गअन्तरर्गत गुरुखोलामा महाकाली यातायातको सु प प्र ०२००१ ख १०१७ नंको बसले ठक्कर दिँदा उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक दिपककुमार रायले जानकारी दिए।  

घटनाको विरोधमा मृतकका आफन्त र स्थानीयले राजमार्ग अवरुद्ध गरेका र सहमतिका लागि प्रहरी निरीक्षक बलराम पाण्डेय नेतृत्वको टोली घटनास्थल पुगेको जनाइएको छ ।

प्रकाशित: १४ आश्विन २०८२ १९:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App