१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
धर्म/संस्कृति

बिस्केट जात्रा सम्पन्न गर्न ३० लाख रुपैयाँ लाग्ने अनुमान

आठ रात नौ दिन लामो भक्तपुरको प्रसिद्ध बिस्केट (बिस्का) जात्रा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सम्पूर्ण सरोकारवाला सहमत भएका छन्। 

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा आज बसेको बैठकले प्रसिद्ध बिस्केट जात्रा सभ्य, भव्य र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्ने निर्णय गरेको छ । सो बैठकमा जिल्ला प्रशासन कार्यालय, गुठी संस्थान, भक्तपुर नगरपालिकालगायतका सरोकारवाला निकाय निर्णयमा सहमत भएका हुन्। 

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सबैको साझा ऐतिहासिक बिस्का जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबैले आफ्नो क्षेत्रबाट सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताए। गुठी संस्थान भक्तपुरका प्रमुख आनन्द कर्माचार्यले बिस्का जात्राको हालसम्मको तयारीबारे जानकारी गराउँदै भैरब र भद्रकालीको रथ निर्माण जारी रहेको, रथ तान्ने डोरीलगायत बली दिने बोकासहितको ठेक्का लगाइ सकिएको तथा जात्रा सम्पन्न गर्न करिब ३० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको बताए ।  

जात्रा यही चैत २७ गते सुरु भई आगामी वैशाख ५ गते सम्पन्न हुनेछ।

प्रकाशित: १२ चैत्र २०८२ १४:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App