२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
समाज

तीन दिनदेखि महिला बेपत्ता

सिगास गाउँपालिका घर भएकी एक महिला तीन दिनदेखि बेपत्ता भएकी छिन्। बेपत्ता हुनेमा सिगास–४ सिराडीकी २७ वर्षीया भागरथी साउँद रहेकी छिन्।

यही साउन १५ गते राति नगद र लत्ताकपडासहित घरबाट निस्किएकी उनी हालसम्म सम्पर्कमा नआएको भागरथीका भतिजा चन्द्रसिँह साउँदले जानकारी दिए। भागरथीका श्रीमान् रोजगारीको सिलसिलामा हाल भारतमा रहेका छन्। 

भागरथी बेपत्ता भएको बारेमा उनको परिवारले स्थानीय प्रहरीलाई खबर गरेको छ। प्रहरीले उनको खोजी गरिरहेको छ। रासस

प्रकाशित: १८ श्रावण २०८२ ०७:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App