२८ असार २०८३ आइतबार
image/svg+xml
समाज

धोबीखोलामा हाम फालेकी महिला मृत फेला

काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिला मृत अवस्थामा फेला परेकी छन्। घटनापछि तत्काल खोजीमा खटिएको प्रहरीले उनको शव बल्खुस्थित कुमारी क्लबभन्दा तल बाग्मती नदीको किनारामा फेला पारेको जनाएको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार कालोपुल र रातोपुलबीचको धोबीखोलामा अन्दाजी ३५ वर्षीया एक महिलाले आज हाम फालेको सूचना प्राप्त भएपछि प्रहरी परिचालन गरिएको थियो। 

प्रहरीका अनुसार ती महिलाले सेतो टिसर्ट, गुलाबी (पिंक) ज्याकेट र सुरुवाल लगाएकी थिइन्। खोजीका क्रममा उनको शव बल्खु कुमारी क्लबभन्दा तल बाग्मती नदी क्षेत्रमा फेला परेको हो।  हाल घटनास्थलमा आवश्यक कानुनी प्रक्रिया (मुचुल्का) तयार गर्ने काम भइरहेको र  त्यसपछि शव पोस्टमार्टमका लागि पठाइने  एसपी भट्टराईले जानकारी दिए। 

प्रहरीका अनुसार मृतक महिलाको परिचय हालसम्म खुल्न सकेको छैन। उनले किन खोलामा हाम फालेकी थिइन् भन्ने कारण पनि खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको एसपी भट्टराईले बताए। 

प्रकाशित: २५ असार २०८३ १७:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App