१० भाद्र २०८३ बुधबार
image/svg+xml
राजनीति

गण्डकीमा एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा

गण्डकी प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का चार मन्त्रीले सामूहिक राजीनामा दिएका छन्।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर चार जना मन्त्रीले राजीनामा पत्र बुझाएको प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री गोविन्दबहादुर नेपालीले जानकारी दिए।

राजीनामा दिनेमा मन्त्री नेपाली, उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमाल, स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे र कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री भीम कार्की रहेका छन्।

एमाले प्रदेश संसदीय दलको आजको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेपछि चार जना मन्त्रीले मुख्यमन्त्री पाण्डेसमक्ष राजीनामा दिएका हुन्।

प्रकाशित: १० भाद्र २०८३ १५:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App