रामेछापको मन्थली नगरपालिका–९ स्थित पुरानागाँउमा गए राति बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही वडाकी वर्ष ६६ कि गङ्गामाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख भोलाकुमार भट्टले जानकारी दिए।
उनका अनुसार महिलाको शव क्षत विक्षत अवस्थामा स्थानीयले फेला परेपछि आफूहरुलाई जानकारी गराएका थिए।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १३ मंसिर २०८२ १६:४८ शनिबार





