२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

हेटौँडामा तीन सवारी ठोक्किँदा एक महिलाको मृत्यु

मकवानपुरको हेटौंडामा शनिबार साँझ भएको सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ।

दुईवटा मोटरसाइकल र एक बस एकआपसमा ठोक्किँदा पर्साको वीरगञ्ज महानगरपालिका-१३ निवासी ४३ वर्षीया कविता जोशी श्रेष्ठको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, हेटौँडा उपमहानगरपालिका-९ पशुपतिनगरस्थित पूर्व-पश्चिम सडकखण्डमा रातोमाटेबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०२-०४५ प ५५९७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बा.प्र.०३-००५ प ९०६९ नम्बरको मोटरसाइकल ठोक्किएका थिए।

दुर्घटनाका क्रममा ९०६९ नम्बरको मोटरसाइकलमा पछाडि सवार कविता उछिट्टिएर सोही दिशातर्फ जाँदै गरेको ना ७ ख ५०१० नम्बरको बसमा ठोक्किन पुगेकी थिइन्।

दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा साँझ ५:३० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनामा मोटरसाइकल चालक उनका श्रीमान् ४८ वर्षीय प्रवीण श्रेष्ठ सामान्य घाइते भएका छन्। प्रहरीले दुर्घटनामा संलग्न दुवै मोटरसाइकल, बस तथा तिनका चालकहरूलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित: ७ भाद्र २०८२ २१:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App