१० माघ २०८२ शनिबार
image/svg+xml
समाज

बर्दियामा चितुवाको आक्रमणबाट महिलाको मृत्यु

बर्दियाको गुलरिया नगरपालिका-१२ मा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

धानखेतमा काम गर्न गएकी ४५ वर्षीया जगतारानी थारूको चितुवाको आक्रमणमा परी मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार, थारूलाई आक्रमण गरेपछि चितुवाले करिब ५० मिटर टाढासम्म घिसारेर लगेको अवस्थामा उनको शव फेला परेको थियो।

घटनापछि गुलरिया-१२ स्थित भैसाही गाउँका स्थानीय बासिन्दा त्रसित बनेका छन्। पीडित परिवार तथा स्थानीयले मानव बस्तीमा पसेर आक्रमण गर्ने हिंस्रक चितुवालाई तत्काल नियन्त्रणमा लिन माग गरेका छन्।

प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर डमरपालले घटनास्थललाई सिल गरेर थप अनुसन्धान अघि बढाइएको जानकारी दिए।

प्रकाशित: ३१ श्रावण २०८२ १५:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App