चितुवाको आक्रमणबाट आइतबार बिहान महिलाको मृत्यु भएको छ। गुलरिया - १२ टडुवास्थित सामुदायिक बनमा चितुवाको आक्रमणबाट २७ वर्षीया कविता रानाको मृत्यु भएको छ।
घाँस काट्न गएको बेला चितुवाले आक्रमण गरेको खुलेको छ। चितुवालाई नियन्त्रण नलिएसम्म घटनास्थलमा मृतकको शव उठाउन नदिने पीडित परिवारको माग छ। चितुवा नियन्त्रणका एनटिएन्सिको टोली ठाकुरद्वारा बाटाे हिंडिसकेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए।
प्रकाशित: २९ भाद्र २०८२ १२:३४ आइतबार





