१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

झापामा महिलाको जलेर मृत्यु

आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएकी यहाँकी एक महिलाको मृत्यु भएको छ । 

यहाँस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिम्सिनाकाअनुसार घरमा एक्लै भएका बेला सोमबार दिउँसो पेट्रोल छर्केर आफ्नो शरीरमा आगो लगाएकी दमक नगरपालिका–१ भानु चोक निवासी मनोज साहकी श्रीमती ३० वर्षीया शोभाको आज बिहान मृत्यु भएको हो ।

दमक अस्पतालमा सामान्य उपचारपश्चात् धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकामा त्यहाँ उपचार नहुने जानकारी पाएपछि पुनः बिर्तामोडस्थित विएण्डसी अस्पतालमा ल्याउँदा निजको मृत्यु भएको हो । श्रीमान्सँग मनमुटाव भएपछि उनले जल्ने प्रयास गरेको आशङ्का प्रहरीको छ ।  

प्रकाशित: ३ भाद्र २०८२ १२:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App