४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

बेलायत पठाइदिन्छु भन्दै करिब आठ लाख ठगेको आरोपमा युवती पक्राउ

बेरोजगार युवालाई बेलायत पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नुवाकोट तार्केश्वर गाउँपालिका–१ की ३६ वर्षिया कुमारी तामाङलाई काठमाडौंबाट पक्राउ गरेको हो।  

तामाङमाथि  बेलायत पठाइदिन्छु भन्दै दुई जना युवाबाट ७ लाख ९० हजार ठगेर फरार भएको आरोप लागेको प्रहरीले जनाएको छ । पीडित युवाको जाहेरीका आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।  

बुधबार उनलाई पक्राउ गरेर थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग काठमाडौंलाई बुझाइएको अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक(एसपी) रामेश्वर कार्कीले जानकारी दिए।  

प्रकाशित: २१ माघ २०८२ १८:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App