२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

बसको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् र छोरा घाइते

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को चोरमारा बजारमा यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ। दुईजना गम्भीर घाइते छन्।

शनिबार दिउँसो पश्चिमतर्फ जाँदै गरेको जीजे १४ जेड ६४६५ नम्बरको भारतीय बसले सोही दिशातिर गइरहेको प्रदेश ३–०२–०१० प ७२३० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकलमा पछाडि बसेकी ३० वर्षीया अनिता चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अनिताका श्रीमान् मोटरसाइकल चालक सर्लाहीको लालबन्दी नगरपालिका–४ का ३४ वर्षीय नरेश चौधरी र उनका १० वर्षीय छोरा अनुज गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक मधु नेपालले जानकारी दिए।

मध्यविन्दु जिल्ला अस्पतालमा घाइते दुवैको उपचार भइरहेको छ। भारतीय यात्रुवाहक बस र चालकलाई प्रहरी चौकी तम्सरियाले नियन्त्रणमा लिएको उनले बताए। रासस

प्रकाशित: १ कार्तिक २०८२ २१:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App