लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई ललितपुरको सानेपाबाट पक्राउ गरेको हो।
भट्टलाई नेपाल राष्ट्र बैंक ऐन अन्तर्गतको कसुरमा अनुसन्धान गर्नका लागि नियन्त्रणमा लिइएको बताइएको छ।
उनीमाथि थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका एसएसपी दिलिप घिमिरेले जानकारी दिए।
प्रकाशित: २ कार्तिक २०८३ १०:२५ आइतबार





