५ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

आफ्नो जग्गामा जेसीबी लगाउँदा सडक धुलाम्मे, महानगरले तिरायो ५० हजार जरिवाना

काठमाडौं महानगरपालिकाले सडकमा माटो खसालेर धुलो र फोहोर गरेको भन्दै एक व्यक्तिलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ।

महानगर प्रहरीले काठमाडौं महानगरपालिका-१४, बल्खु चोकमा आफ्नो व्यक्तिगत जग्गा पुर्ने क्रममा सडकमा माटो खसालेको भन्दै हरिलाल श्रेष्ठलाई कारबाही गरेको हो।

श्रेष्ठले आफ्नो निजी जग्गामा जेसीबी प्रयोग गरी माटो पुर्ने काम गरिरहेका थिए। सो क्रममा सडकमा माटो खस्दा बल्खु चोकको सडक धुलाम्मे र फोहोर भएको थियो।

व्यक्तिगत काम गर्दा सार्वजनिक सडकमा फोहोर फैलाएको र धुलो उडाएर वातावरण प्रदूषित गरेको भन्दै नगर प्रहरीले उनलाई जरिवाना तिराएको हो।

महानगरले सार्वजनिक स्थानमा फोहोर गर्ने र प्रदूषण फैलाउने कार्यलाई निरुत्साहित गर्न जरिवानालाई कडाइका साथ लागू गर्दै आएको छ।

नगर प्रहरीले व्यक्तिगत वा व्यावसायिक जुनसुकै प्रयोजनका लागि काम गर्दा सार्वजनिक सम्पत्ति र वातावरणमा असर पुर्‍याउन नपाइने बताएको छ। यस्ता गतिविधिमाथि निरन्तर निगरानी गरिने र नियम उल्लंघन गर्नेलाई कारबाही गरिने महानगरले स्पष्ट पारेको छ।

प्रकाशित: ११ श्रावण २०८२ १७:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App